काठमाडौँबाट अर्घाखाँची जाँदै बस त्रिशूलीमा खस्यो, ६ को मृत्यु, १५ घाइते काे उद्धार

काठमाडौँ, १३ मंसिर — काठमाडौंबाट अर्घाखाँचीका लागि छुटेको लु २ ख २९१ नम्बरको बस चितवनको चूम्लिङटारमा ट्रकसँग ठोक्किएर त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ। मृत्यु हुनेको सनाखत हुन सकेको छैन्।  दुर्घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले ६ जनाको शव बाहिरी निकालेको छ भने १५ जना घाइतेको उद्धार गरेको हो।

प्रहरीका अनुसा अहिले नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य भइरहेको छ। बममा करीब ४० जना यात्रु रहेको आशंका गरिएको प्रहरीले जनाएको छ।   दुर्घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले ६ जनाको शव बाहिरी निकालेको छ भने १५ जना घाइतेको  जिवितै उद्धार  गरेको हो।

जिल्ला प्रहरी कार्यालय, चितवनले अर्घाखाँची जाँदै गरेको बस त्रिशूली नदीमा खसेको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ । दुर्घटनाको खबर पाएलगत्तै डीएसपी शिव शर्मा आचार्यको टोली अहिले उद्धारका लागि घटनास्थल पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार