http://jagdambacement.com/

उदयपुरमा बम विस्फोट, कांग्रेस उम्मेदवारसहित ४ घाइते

काठमाडौँ, १३ मंसिर —उदयपुरमा बुधबार बिहान बम विस्फोट हुँदा उम्मेदवारसहित चार जना घाइते भएका छन्

उदयपुरगढी नगरपालिका-६ मा बम विस्फोट हुँदा उदयपुर क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठका अनुसार बम विस्फोटमा परी राजन कार्की, धनमाया धौलाकोटी र निरा कटुवाल घाइते भएका छन् । घाइते सबै कांग्रेस कार्यकर्ता भएको बुझिएको छ ।

बम विस्फोट लगत्तै उद्धारका लागि प्रहरी टाेली घटनास्थल पुगेको र उद्धार गरी घाइते भएका उम्मेदवार कार्कीलार्इ हेलिकोप्टरबाट सिधै काठमाडाैं पठाइने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिए ।

चुनावी प्रचार अभियानमा रहेका कार्कीलाई कसले बम प्रहार गर्यो भन्नेबारे केही पनि खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार