https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

रविन्द्र मिश्रले भने- जित पक्का भइसक्यो, मतान्तर कति भन्ने प्रश्न मात्र बाँकी छ

काठमाडौँ, १३ मंसिर — विवेकशील साझा पार्टीका काठमाडौंमा १ का उम्मेदवार रविन्द्र मिश्रले आफ्नो जित सुनिश्चित भइसकेको दाबी गरेका छन् ।

काठमाडौं १ मा मिश्रसँगै कांग्रेसका प्रकाशमान सिंह र वाम गठबन्धनका अनिल शर्मा उम्मेदवार छन् । सिंह र शर्माले पनि आफू जित्ने दाबी गरेका छन् ।

बुधबार बबलमहल क्षेत्रमा घरदैलो गरेका विवेकशील साझाका उम्मेदवार मिश्रले बाटोबाटो गल्लीगल्लीमा मतदाताले देखाएको उत्साहले जित पक्का भएको बताए । जितप्रति आफू ढुक्क रहेको भन्दै उनले भने, ‘हामी जित्छौं भन्नेमा ढुक्क भइसक्यौं, मतान्तर कति ठूलो हुन्छ भन्ने प्रश्न मात्र बाँकी हो ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार