बामपन्थीहरु भ्रम छरेर भोट लिने प्रपञ्चमा : काँग्रेस नेता चौरसिया

वीरगञ्ज(पर्सा), १३ मंसिर – नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पर्सा क्षेत्र नम्बर २ का लागि प्रतिनिभिसभा सदस्य पदका उम्मेदवार अजय चौरसियाले बामपन्थीहरुले एकताको नाममा जनतामा भ्रम छरेर भोट लिने प्रपञ्च गरेको आरोप लगाउनुभएको छ ।

पर्सा क्षेत्र नम्बर २ अन्तर्गतको बहुदर माई नगरपालिकाको बैरिया विर्तामा घरदैलो र चुनावी सभालाई सम्बोधन गर्दै नेता चौरसियाले नेपाली काँग्रेसलाई नेतृत्वमा ल्याई लोकतन्त्रलाई बचाउनुपर्ने यथार्थ अब नेपाली जनताले बुझि सकेकोले हिमाल, पहाड तराई चारै तिर नेपाली काँग्रेसले बहुमत ल्याउने दाबी गर्नुभयो ।

घरदैलो कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अजय चौरसिया, प्रदेश सभा सदस्य पदका रामरुप कुर्मी, श्याम पटेल, मोतिलाला यादव, पुर्व गाविस अध्यक्ष रामप्रसाद यादव, गोपालप्रसाद कुर्मी, बहुदरमाईका मेयर नितेन्द्रसाह, पर्सा गढीका मेयर लोकनारायण यादव, नेविसँघका केन्द्रिय सदस्य सुधिर पटेल, विद्यार्थी नेताहरु बद्री तिवारी, रोशन सिँह, रन्जित पटेल तथा अन्य जिल्ला, क्षेत्र एवम् गाउँ स्तरीय नेता र कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार