रुट फेर्दा पनि एम्बुसमा परियो, मास्क लगाएर एम्बुस बिच्छ्यायो

काठमाडौं, १४ मंसिर – बाटोभरि एम्बुस छ भन्ने खबर पाए पनि कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की (६७) विचलित भएनन्। हातमा गीताको पुस्तक लिएर भाइलाई बोलेरो जिप हाँक्न लगाई रुट फेर्दै जंगलको बाटोबाट गन्तव्यमा पुग्न लाग्दा बीच बाटोमै एम्बुसमा परे। उनीसहित गम्भीर घाइते तीन जनाको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । अन्य चारजना सामान्य घाइते छन् ।

ad ljikmf]6sf 3fOt] lzIf0f c:ktfndf
pbok’/sf] pbok’/u9L ufpFkflnsf– ^ sf] bg’jf/j];Ldf c1ft ;d”xn] a’waf/ ad ljikmf]6 u/fpFbf ePsf 3fOt]nfO{ pkrf/sf nflu x]lnsK6/af6 lqlj lzIf0f c:ktfndf NofO{Fb} . tl:a/ M gjLg kf}8]n, /f;;

चुनावी सभालाई सम्बोधन गर्न जाँदै गर्दा एम्बुसमा परेका उदयपुर, प्रतिनिधि सभा २ का कांग्रेस उम्मेदवार कार्कीको हातखुट्टा, आँखा र टाउकोमा चोट लागेको छ। उदय श्री बहुमुखी क्याम्पस कटारीकी नेविसंघ सभापति मीरा कटवाल (२३) बायाँ खुट्टा क्षतविक्षत भएको छ। कुर्कुच्चामुनिको भाग चुँडिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए। अन्य घाइतेलाई सामान्य चोटपटक लागेको छ।

उदयपुरगढी गाउँपालिकास्थित नेपालटार बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रमको सूचना सार्वजनिक भएपछि बाटोमा एम्बुस राखिएको जानकारी अज्ञात व्यक्तिले दिएका थिए। रुट परिवर्तन गरी जाँदा सोही वडाको दनुवारबेसीमा पुग्दा बा.१च ७८०६ नम्बरको बोलेरो जिप एक्कासि एक फिट माथि उफ्रेर भुइँमा बज्रेको थियो।

खुट्टामा चोट लागेका घाइते चालक राजन कार्की (४३) भन्छन्, ‘जंगलको बाटो हुँदै गाउँ निस्कन लागेका थियौं। ड्याम्म ठूलो आवाज आयो। सुरुमा त इन्जिन पड्किएजस्तो लाग्यो। गाडीको ब्रेकतिर आँखा लगाउँदा ब्रेक नै देखिनँ। उडिसकेको रहेछ।’

एम्बुसस्थलको दायाँतिर ठूलो डिल थियो। पड्कँदा एक फिट माथि उडेको गाडी भुइँमा बज्रँदा अनियन्त्रित भयो। तर, जीप बायाँतिर ढल्कियो। चालक कार्की च्यापिए। उनीमाथि उम्मेदवार कार्की र नेविसंघ नेत्री कटवाल एकमाथि अर्को खप्टिए। लौ मलाई छिटो झिक है …. उम्मेदवार कार्की भन्दै चिच्याए। त्यसपछि पछिल्लो सिटमा बसेका सामान्य घाइते नवराज पौडेललगायतले झ्यानाकुटी पार्दै उठाए। सामान्य घाइते पौडेलले भने, ‘माथि गएर हेर्दा ठूलो खाल्डो रहेछ। खाल्डोबाट सानो तार पनि माथि लगेको देखियो।’

मास्क लगाएर एम्बुस बिच्छ्यायो

मास्क लगाएर आएका युवाले एम्बुस बिच्छ्याएको स्थानीय महिलाले बताएका छन्। अनुहार छोपिने गरी मास्क लगाएका युवा जम्मा भएपछि स्थानीय महिलाले सोधपुछ गरेका थिए। ‘सडक बिग्रेको रहेछ। त्यो बनाउन आएका हौं भने। दुई जना रूखमा छेकिएर बसेका थिए। अरू माथि थिए’, घटनास्थलमा आएका महिलाको भनाइ उद्धृत गर्दै घाइते युके एफएमका अध्यक्ष पौडेलले भने, ‘बाहिर हल्ला नगर्नू, भनेदेखि मार्छौं भनेर धम्क्याएका थिए।’ चुनावी सभालाई सम्बोधन गर्न जाँदा प्रयोग हुने बाटो बदलेर जाँदा पनि एम्बुसमा परेकाले घाइतेहरू सुनियोजित घटना भएको बताउँछन्।

बाटोभरि खाल्डाखुल्डी छन्। एम्बुस हुन सक्छ है भन्दै फोन आएपछि बाटो नै फेरिएको थियो। उम्मेदवार कार्कीका छोरा निरजलाई फोनमा खबर आएको थियो। स्थानीय उदयपुरगढी माध्यमिक विद्यालयमा शिक्षक कार्की राजीनामा दिएर राजनीतिमा लागेका थिए। उनी ०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएका थिए।- अन्नपूर्ण पोष्ट दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार