https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

एयर होस्टेसको सेक्स डायरी पतिले भेटेपछि…

एजेन्सी – हवाईयात्राका क्रममा नै आफ्ना सहकर्मीहरूसँग शारीरिक सम्बन्ध कायम राख्ने एयर होस्टेसको डायरी सार्वजनिक भएपछि उनी कानूनी लडाईंमा परेकी छन् । हल्यान्डकी ती विवाहित एयर होस्टेसका पतिले उक्त डायरी कम्प्युटरमा फेला पारेका थिए । डायरी पढेपछि पति रिसले आगो भएका थिए ।

डच एयरलाइन्स ट्रान्सएभियामा काम गर्ने उक्त एयर होस्टेसले डायरीमा सहकर्मीहरूसँग विमानमा सेक्स गरेको कुरा खुलस्त लेखेकी थिइन् । पतिले उक्त मामिला सञ्चारमाध्यमलाई सार्वजनिक गरिदिएका थिए । विमानमा मात्र नभई उक्त एयर होस्टेसले त होटेलहरूमा समेत लीला रच्ने गरेकी रहिछन् । अनि आफ्ना सबै हरकत एकदमै विस्तारपूर्वक उनले लेखेकी थिइन् ।

विमानसेवाका अधिकारीहरूले डायरी सार्वजनिक हुनबाट रोक लगाउन खोजेका थिए । अझ, उनीहरूले पतिका विरुद्ध नै मुद्दा हालिदिए । पत्नीको निजी सूचना तथा इमेल सार्वजनिक गरेकामा उनीहरूले पतिविरुद्ध मुद्दा हालेका थिए ।

यसरी एयर होस्टेसले हवाईयात्रामै सहकर्मीसँग यौनक्रीडा गर्दा विमानका यात्रुहरूको ज्यान खतरामा पर्न सक्थ्यो भनी सञ्चारमाध्यमहरूले विमान कम्पनीको निन्दा गरेका छन् ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार