मंसिरको जाडोमा म्यादी प्रहरीलाई स्वीटरको भर

काठमाडाै, १५ मंसिर — सरकारले चुनावका लागि ९८ हजार ३ सय ६५ म्यादी प्रहरी भर्ना गरेको छ। उनीहरु सबै चुनावी सुरक्षामा खटिएका छन्। सरकारले ५५ दिनका लागि म्यादी प्रहरी भर्ना गरेको हो। उनीहरुका लागि चार अर्ब ९१ करोड खर्च हुन्छ।

प्रहरी जवानसरह उनीहरुले मासिक १७ हजार २ सय ३० रुपैयाँ तलब पाउँछन्। त्यसबाहेक चार हजार पोशाक भत्ता र एक हजार रुपैयाँ बाटो खर्च पाउँछन्। त्यस्तै जिल्लाको दररेट अनुसार रासन भत्ता पाउँछन्। जुन सामान्यतया मासिक ५र६ हजार रुपैयाँ हुन्छ। जस अनुसार एक म्यादी प्रहरीलाई ५५ दिनका लागि करिब ५० हजार रुपैयाँ खर्च हुन्छ।

सबै म्यादी प्रहरीको हिसाब गर्दा उनीहरुका लागि मात्र ४ अर्ब ९१ करोड रुपैयाँ खर्च हुनेछ।  स्वीटरको भर देशैभरी उच्च जाडो सुरु भइसकेको छ। तर म्यादी प्रहरीलाई भने ज्याकेटसमेत दिइएको छैन। उनीहरुलाई स्वीटर मात्र किन्ने पैसा दिइएको छ।

जसकारण स्वीटरको भरमा रातिसमेत ड्युटी गर्नुपर्दा उनीहरु असन्तुष्ट बनेका छन्। सरकारले उनीहरुलाई कपडा किन्न प्रतिव्यक्ति चार हजार छुट्याएको थियो। स्रोतका अनुसार प्रहरीले १र२ जना ठेकेदारमार्फत पोशाक खरिद गर्ने प्रबन्ध गरेको थियो। – नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार