बामपन्थीहरु लोकतान्त्रिक संविधान नै खारेज गर्ने दाउमा छन् – काँग्रेसका सभापति देउवा

वीरगन्ज, १५ मंसिर- प्रधामन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर बाम गठबन्धनले दुई तिहाई पाए वर्तमान संविधानलाई खारेज गरी एक दलिय कम्युनिष्ट साशन लादने दाउमा रहेको खुलाशा गरेका छन् ।  उनले अहिलेको संविधानलाई संशोधन गरी राष्ट्रिपतिय पद्यत्ती लागुगर्दै मुलुकमा डर त्रास कायम गर्दै तानाशाही कम्युनिष्ट साशन व्यवस्था लगाउन बाम गठबन्धन चाहेको दावी गरे।

नेपाली काँग्रेस पर्साले बिहिबार वीरगन्जमा आयोजना गरेको विशाल आम सभालाई सम्बोधन गर्दै सभापति देउवाले संवैलाई अधिकार सम्पन्न बनाएको संसदिय व्यवस्थालाई समाप्त पार्ने दाउमा बाम गठबन्धन रहेको दावी गर्दै उनले कम्युनिष्टहरुको दुई तिहाई पुगे लोकतन्त्रलै समाप्त हुने खतरा रहेकोले सोबाट सजगभई लोकतन्त्र रक्षाका लागि आफ्नो मत काँग्रेसका उम्मेदवारलाई दिन अपिल गरे।

नेपाल सबै धर्म, जातजाती भाषा भाषीको देश भएको र यसमा मधेसीलाई संविधान संशोधन गरी समान अधिकार दिन बाकी रहेकोमा वर्तमान संविधानलाई नै कम्युनिष्टहरुले समाप्त पार्ने खेलमा लागेको सभापति देउवाले आरोप लगाए ।

सभालाई सम्बोधन गर्दै सभापति देउवाले मुलुकलाई समृद्ध बनाउन विदेशी लगाउनी नेपाल भित्र्याउन आवश्यक रहेको बताए  ।उनले विदेशी लगानी भित्र्याउनका लागि लागानी सुरक्षित भएको विश्वास लगानी कर्तालाई दिलाउन आवश्यक रहेको प्रस्ट पारे। विदेशी लगानी मुलु भित्रीएपछि उद्योग, कारखाना स्थापान हुने र सोजगारको औसर सिर्जना संगै राष्ट्र समृद्धीको बाटोमा लम्कीने भएकाले लगानी कर्तालाई लगानी लगाउने वातावरणको निर्माण आवश्यक रहेको बताए ।

प्रधामन्त्री देउवाले नेपालमा लगानी भित्र्याउनका लागि नेपाली काँग्रेस कै नेतृमा सरकार निर्माण आवश्यक रहेको  जिकिर गर्दै उहाँले कम्युनिष्ट साशन भएको  देशमा विदेशी लगानी नभित्रीने भएकाले प्रनितिधी तथा प्रदेश सभा निर्वाचनमा रुख छापमा मतदान गरी बहुमतले काँग्रेसको सरकार बनाउन मतदातालाई अपिल गरे।

कार्यक्रम्मा श्रम तथा रोजगार मन्त्री फरमुल्हा मंसुरले कम्युनिष्ट र मधेसवादी दलहरुसंग राष्ट्रको विकास हुनै नसकिने बताए  । उनले एउटा पहाडे उग्रवाद र अर्कोले मधेसी उग्रवादको कुरा गर्ने भएकाले विकास उनीबाट सम्भव नभएको प्रष्ट पारे।  राष्ट्र विकासका लागि सबैलाई मिलाएर दिने नेतृत्वदाई क्षमता अवश्यक रहेको र  सो क्षम्ता काँग्रेस वाहेक अरु कुनै दलमा नरहेकाले काँग्रेसलाई मतदान गरी मुलुकलाई समृद्धीको बाटोमा डोर्याउन मतदालाई अपिल गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार