राजधानीमा भित्र्याउन लागिएको विस्फोटक पदार्थसहित दुई भारतीय पक्राउ

धादिङ, १५ मंसिर  – झापाको काँकडभिट्टाबाट काठमाडौ आइरहेको ना७ख ४९७६ नम्बरको यात्रीबाहक बसबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद गरिएको छ ।

शुक्रबार धादिङको खानीखोलामा प्रहरीले एउटा प्रेसरकुकर बम र दुइओटा सकेटबमसहित बम बनाउन प्रयोग हुने विस्फोटक पदार्थ बरामद गरेको हो ।प्रहरीले विस्फोटक पदार्थ ल्याएको आशंकामा दुईजनालाई पक्रेको छ ।

पक्राउ पर्नेमा भारत, आसामका राजु विश्वास र भारत, पश्चिम बंगालका मोहमद फर्मान अली रहेको प्रहरीले जनाएको छ । निर्वाचनलाई लक्षित गरेर आतंक मच्चाउने उद्देश्यले विस्फोटक पदार्थ काठमाडौं ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार