धुर्मुस सुन्तलीको बिहेको १० अाै बर्षमा म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौं- समाजसेवीका रुपमा परिचित हास्यकलाकार सीताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीले विवाहको १० औं वर्षगाँठ मनाएका छन् । धुर्मुस सुन्तलीले बिहे गरेको विहीबार १० वर्ष पुरा भएको हो । बिहेको १० बर्ष पुरा भएको यो जोडीले एउटा म्युजिक भिडियो पनि सार्वजनिक गरेको छ ।

राजेशपायल राई र अन्जु पन्तको स्वर रहेको ‘म जुन दिन देखि’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । दिनेश थपलियाको शब्द रहेको गीतमा अर्जुन पोख्रेलको संगीत रहेको छ । सार्वजनिक गीतको भिडियोलाई धुर्मुस–सुन्तलीले नै निर्देशन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार