तनहुँ, १६ मंसिर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ क्षेत्र न. २ को प्रदेश सभा १ का उम्मेदवार प्रदिप पौडेलको निवास नजिकै बम विस्फोट गरार्इएको छ । उनको घरैलार्इ लक्षित गरि प्रहार गरिएको बमबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
तनहुँको शुक्कागण्डकी नगरपालिका गणपतेमा रहेको पौडेल निवासमा शनिबार बिहानै करिब ४:४५ बजे अज्ञात समुहले बम प्रहार गरेको हो। बम विस्फोटबाट कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख उमेशराज जोशीले जानकारी दिए। यसबारे अनुसन्धान भैरहेको प्रहरी प्रमुख जोशीले बताए।