धादिङमा मृतककाे नाममा मतदान

धादिङ, १७ मंसिर – उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकाअन्तर्गत सेर्तुङस्थित बोराङको मुक्राव देवी मावि मतदान केन्द्रमा भूकम्पमा मृत्यु भएका १७ जनाको नामबाट मतदान भएको छ ।

उक्त केन्द्रबाट जिल्लामै सबैभन्दा बढी ९९ दशमलव २६ प्रतिशत मतदान भएको थियो । मतदान परिचयपत्रमा नाम भएकामध्ये १ जना आत्महत्या, ८ जना कालगतिले र ८ जनाको भूकम्पमा परी मृत्यु भएको हो ।

मतदान नामावलीमा नाम नहटाइएका यी व्यक्तिहरुको नामबाट पनि मतदान भएको निर्वाचन समीक्षाबाट पुष्टि भएको छ । –कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार