छताछुल्ल भयो बिष्णु पौडेल र घनश्याम भुषालबीचको बैमनश्यता, यस्तो छ कारण

बुटवल, १७ मंसिर –मुलुकको सबैभन्दा ठूलो बामपार्टी नेकपा एमालेको दुई उच्च पदमा रहेका उपमहासचिवद्वय बिष्णु पौडेल र घनश्याम भुषाल बिचको अन्तरबिरोध बढेको कुरा यति धेरै चर्चामा आयो कि निर्वाचनको प्रचारप्रसारको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नै उनीहरुले आफूहरु बिच अन्तरबिरोध नभएको स्पष्टिकरण सबैका अगाडि दिनु पर्यो । उनीहरुले ‘हाम्रा बिचमा अन्तर बिरोध छैन, हामी एक छौ र सिंगो पार्टी तथा बाम गठबन्धन समेत एक ढिक्का रहेको छ’ भनेपनि उनीहरु बिचको विवाद अझैपनि सुल्झिएको देखिँदैन।

पौडेल रुपन्देही क्षेत्र नम्बर २ र भुषाल क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका उम्मेदवार हुन् । पार्टीमा दुबैको समान हैसियत हो र त्यो भनेको उपमहासचिब पद हो । तर चतुर नेताका रुपमा रहेका पौडेल पार्टीमा हेभिवेट छन् । भुषाल विद्वान र पढेलेखेका छन् । पार्टीको आगामी महाअधिवेशनमा दुई मध्ये एकबाट महासचिब हुने पक्कापक्की छ । त्यसैले अहिलेको यो निर्वाचनबाट दुबै जना एक अर्कालाई हराउने खेलमा भित्री रुपमा लागिपरेको कार्यकर्ताहरु नै बताउँछन् ।

दुई मध्ये एकको पराजय भएको खण्डमा केन्द्रीय राजनीतिमा पहुँच र प्रभाब कम हुने, कार्यकर्ताहरु माझ लोकप्रियता कम हुने जिल्लामा प्रभाव कम हुने लगायतका कारण नै अहिले दुई उपमहासचिव बिच आन्तरिक रुपमा द्वन्द्व बढेको बाम बुद्धिजीवीहरु बताउछन् ।

भुषालका तुलनामा पौडेल आफना क्षेत्रमा मजबुत छन् । तर भुषाल भने आफनो क्षेत्रमा कमजोर देखिएका छन् । एमाले रुपन्देहीले मण्डले, भ्रष्टाचारी, सुरजपुरा काण्डको डिजायनरको आरोप लगाउँदै आएका वर्तमान स्वास्थ्यमन्त्री तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष दिपक बोहोरा र उनको तत्कालीन पार्टी राप्रपाको सहयोग र समर्थनमा निर्वाचन जितेका भुषाल अहिले उनै बोहरासँग निर्वाचन लड्दैछन् । भुषाल यस अघि बालकृष्ण खाणसँग केही मतले पराजित भएका थिए । अहिले उनको क्षेत्र परिवर्तन गरी १ नम्बर कायम भैसकेको थियो । तर अन्तिम समयमा फेरि ३ मै उठ्न बाध्य बनाईयो । लाग्छ यो ग्राइण्ड डिजाईन यसरी बन्यो कि सजिलै बोहरासँग भुषाल हारुन् । बोहरा यस अघिको संबिधान सभा निर्बाचनमा राप्रपाबाट निर्बाचित भएका थिए । पार्टीगत भन्दा पनि ब्यक्तिगत सम्बन्धका आधारमा बोहराको भोट क्षेत्रमा उनको बढी छ । त्यस्मा पनि अहिले कांग्रेसको सहयोग र समर्थनको लोकतान्त्रिक गठबन्धनले थप सहयोग पुर्याएको देखिन्छ ।

उता बोहराको बिरुद्ध सुरजपुरा काण्ड देखि, आयलनिगम काण्ड, सम्म बनाई अतिरञ्जित गर्न पौडेलेको कार्यकर्ता लागीपरेका छन् । यस्ले भुषालका नजिकका कांग्रेसीमत पनि बिभाजन भई राप्रपा तिरै ढल्किसकेको छ । यस्ले भुषाललाई बेफाईदा र पौडेललाई फाईदा पुगेको छ । अतिरन्जित मिडियाबाजि, सामाजिक सञ्जाल, जस्ताको प्रयोग गरी बोहराको चरित्रहत्या गराउने खेलमा लागी भुषालले पाउने कांग्रेसजनको सहानुभुतिको केही भोट पनि काटीने निश्चित छ । यस्ले गर्दा भुषाललाई यो निर्बाचन फलामको चिउरा चपाउनु जस्तै भैरहेको छ । एमाले र बामगठबन्धनले भनेजस्तो दिपक बोहराले रुपन्देहीमा बिकाशका काम केही नगरेको खाली मन्त्रीपदमा मात्र लाग्ने गरेको आरोप मिथ्या भएको जिल्लाबा बुढापाका बताउछन् ।

उनीहरु भन्छन जतिबेला घनश्याम भुषाल क्याम्पस पढदै थिए, त्यतिबेला बोहरा रुपन्देहीमा भुमिगत जल परियोजा(भैरहवा लुम्बिनी भुमिगत जलपरियोजना) २०३९।४० सालमा ) ल्याई गाँउमा सिचाई, ग्राभेल सडक बिस्तार, बिद्युतिकरण र नाला तथा नहर ल्याउन ब्यस्त थिए । आधुनिक सिचाई प्रणालीको बिकाश बोहराले गरेका हुन् रुपन्देहीमा यो उनको ठुलो देन हो । उनले त्यतिबेला परीयोजना ल्याए , अहिले हामीले राम्ररी प्रयोग गर्न सकेनौ । बिकाश गरेको कुरा त मान्नु परयो नि , कस्ले भनयो बोहराले रुपन्देहीमा  बिकाशको काम केही गरेन भनेर, बुढाहरु भन्छन् ।

एमालेलाई अहिले अरु केही नपाएर सुरजपुरा काण्डको डिजाईन बनाएर कांग्रेसलाई सिध्याउने खेल भन्दै सदभावना बिथोल्न लागीपरेका छन् । यो सबै ग्राइण्ड डिजाईन पौडेल र भुषालको मा हो र यस्ले नोक्सान बढी भुषाललाई भएको छ । किनकी पौडेल सेफ जोनमा छन् । पौडेलले बोहरालाई पनि सेफ बनाईसकेको दाबी रुष्ट कार्यकर्ताको छ । किनकी यस अघिको संबिधान सभाको निर्बाचनमा पनि एमालेको एक खेमाले उम्मेदवार कमरेड भरत पोखरेललाई असहयोग गरी निर्बाचन हराउदै बोहरालाई जितको माला लगाएका थिए । अहिले झन २०५३को उधारो गुरु दक्षिण फिर्ता गरी एमालेको एक पक्ष बोहरालाई बिजयी बनाउन भित्री रुपमा लागीपरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार