गगन थापा लक्षित विष्फोट अास‌ंकामा ४० जना पक्राउ

काठमाडौं, १७ मंसिर –प्रहरीले, काँग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा उम्मेदवार गगन थापामाथि रिमोट कन्ट्रोल बम बिष्फोट गराइएको शंका गरेको छ । घटनामा संलग्न भएको शंकामा प्रहरीले छानविन गर्न भन्दै ४० जनालाई पक्राउ गरेको छ ।

घटनामा संलग्न भएको शंकामा ४० जनालाई पक्राउ गरी अनुसन्धान थालेको  महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्दले हाम्राकुरालाई बताए । उम्मेदवार थापा बुढानीलकण्ठको चपलीमा घरदैलो कार्यक्रममा रहेका बेला महादेव कोलोनीको प्रवेशद्वार नजिकै उनलाई लक्षित गरी विष्फोट गराइएको हो ।

घरदैलो कार्यक्रम सुरु गर्ननपाउँदै विष्फोट गराइएकाले रिमोटमार्फत विष्फोट गराइएको प्रहरीको शंका छ । विष्फोटमा थापासहित ११ जना घाइते भएका छन् । २ जनाको अवस्था जटिल रहेको र थापाको टाउकोमा चोट लागेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार