प्युठान, १८ मंसिर – आसन्न प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन प्युठानमा रोचक बन्दै गएको छ । लोकतान्त्रीक शत्ति र बाम गठबन्धन बिच रोचक प्रतिस्पर्धा देखीदैछ । दुबै गठबन्धन मतदातालाई आफ्नो पक्षमा पार्न लागीरहेका छन् । कसरी मत जित्न सकिन्छ भनेर नेताहरु जनताको घरघरमा आश्वासन बाड्दै गरेको दृश्य देख्न सकिन्छ ।
नेकपा एमाले नेकपा माओवादी जनमोर्चा को लोकतान्त्रीक गठबन्धन बाट मसालका महामन्त्री मोहन विक्रम सिंह र लोकतान्त्रीक गठबन्धनबाट नेपाली कांग्रेसका नेता डा. गोविन्द पोख्रेलको चुनावी सभा नौलो छ । प्युठानमा बाम गठबन्धनले कांग्रेसका उमेद्वारलाई गाली गरीरहदा यता प्रतिनिधि सभा का लागी उम्मेदवार डा. पोख्रेलले नयाँ प्रचार प्रसार शैली अपनाउदै छन् ।
उनले अरुलाई गाली गरेर भन्दा मतदातालाई आफ्ना योजना प्रस्तुत गरेर जनताको मन मन जित्नुपर्ने डा. पोख्रेलको भनाई छ ।चुनावी प्रसार–प्रचार व्यापक चलिरहँदा स्थानिय जनताले आफ्नो क्षेत्रका उम्मेदवारहरूको कामहरुको मूल्यांकन पनि गरिरहेका छन् ।
जनताको मतबाटनै आफुले विकाशको बाटो अगाडी बढाउन सक्ने भएकाले सहयोग गर्न मतदातासंग अपिल गरेका हुन् । उनले आफ्नो क्षेत्रलाई नमूना निर्वाचन क्षेत्र बनाउने बताए । प्युठानमा शिक्षा, स्वाथ्य, रोजगारी, खानेपानी लगाएतका पुर्वाधार निर्माणमा लाग्ने डा पोख्रेलको भनाई छ ।
भालुवाङ्ग, बाग्दुला भिमगिठ्ठे हुदै मुस्ताङ्ग जोड्ने राजमार्गको विकाश गरी तिब्बत नाका संचालनमा ल्याउने योजना आफुले अघि सारेको र टेन्डरको काम सकिएर अगाडी बढेको बताए ।
उनले प्युठानको विकाशकालागी धार्मीक क्षेत्रहरु स्वर्गद्रारी गोउखुरी, बिजुलीकोट लगाएतका क्षेत्रहरुको विकाश गर्ने योजना रहेको उनको योजना छ । पयुठानको समृद्धिकालागी पयुठानी जनताले आफुलाई बिजयी बनाउनेमा उनले विश्वास ब्यक्त गरे ।