कसरी भयो सुरक्षा घेराभित्रै उम्मेदवारमाथि आक्रमण ?

काठमाडौं, १९ मंसिर – प्रतिनिधिसमा र प्रदेशसभा दोस्रो चरणको चुनाव प्रचारप्रसारको अन्तिम दिन सोमबार गगन थापा बुढानीलकण्ठ क्षेत्रमा घरदैलो अभियानमा थिए ।

काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका उनी आफ्नो क्षेत्रका अधिकांश स्थानमा घरदैलो सकाएर अन्तिम दिन भोट माग्न बुढानीलकण्ठको चपली पुगेका थिए ।

सहयोगीसहित चपली पुेका उनी घरदैलो कार्यक्रममा अग्रपंक्तिमा थिए । समर्थक नाराबाजीसहित पछिपछि थिए । एक्कासी केही पड्किएको आवाज आयो । थापालई कसैले केही पदार्थले हिर्काएझै लाग्यो । भागाभागा भयो । थापाको कानबाट रगत आईरहेको थियो ।

प्रचारमा हिँडेकासहित १० जना विस्फोटबाट घाईते भए । घटना कसले गराएको भन्ने बारे सुरक्षा निकायले खुलाएको छैन ।, – नागरिक दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार