गगन थापालाई ताकेर पड्काइएको बम आक्रमणमा घाइते हुनेहरुको नामाबली

काठमाडौं, १९ मंसिर – नेपली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभा निर्वाचन काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार गगन थापा आज बम आक्रमणमा परी घाइते भएका छन् । बुढानिलकण्ठ नगरपालिका चपली हाईट दुध डेरी नजिक नेपाली कांग्रेसका पूर्वमन्त्री थापाको घरदैलो कार्यक्रम रहेको स्थानमा सोमबार बिष्फोटक पदार्थ बिष्फोटन हुँदा थापा समेत ११ जना घाइते भएका छन् ।

घाइते सवैजनालाई उपचारको लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा पूर्वमन्त्री थापालाई उपचार पश्चात डिस्चार्ज गरिएको छ भने अन्यको उपचार भइरहेको छ ।

घाइते हुनेहरुमा बुढानिलकण्ठ नगरपालिका–२ भंगाल बस्नेहरु ४७ वर्षीय श्यामकृष्ण श्रेष्ठ, ३६ वर्षीय राजकाजी श्रेष्ठ, २८ वर्षीय जयराम लामिछाने, ३२ वर्षीय रेणु बडुवाल, ३० वर्षीय सुमन खड्का, ४० वर्षीय ध्रुब खड्का, ४७ वर्षीय पुर्णबहादुर श्रेष्ठ, ४४ वर्षीय रबिन्द्र कार्की, ४० वर्षीय काशीलाल श्रेष्ठ र ४० वर्षीया पार्वती श्रेष्ठ रहेका छन् ।

घाइतेमध्ये श्यामकृष्ण श्रेष्ठको अवस्था गम्भीर र अन्यको बोल्न सक्ने रहेको प्रहरीले जनाएको छ।  विष्फोटन गराउने व्यक्तिहरुको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार