मंसिर ,२० रसुवा – विद्युत् प्रसारणको लाइन बिग्रिएपछि चिलिमे जलविद्युत् केन्द्रको २२ मेगावाट विद्युत् उत्पादन कार्य बुधबार दिउँसोदेखि बन्द भएको छ ।
बिग्रिएको राष्ट्रिय प्रसारण लाइनलाई मर्मत गरी यथाशक्य चाँडो विद्युत् उत्पादन सञ्चालन गराउन दक्ष प्राविधिकको माग भइसकेको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ । विद्युत् उत्पादन नहुँदा सदरमुकाम धुञ्चेलगायत जिल्लाको उत्तरी भाग पूरै अन्धकार भएको छ ।
बिहीबार साँझदेखि सुरु हुने मतगणना कार्यलाई मध्यनजर राखी विद्युत्तगृह सञ्चालन गराउन ताकेता भइरहेको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने बताएका छन् ।