पैसा बाड्दै गर्दा एमालेका कर्ण थापा अछामको जयगढमा समातिए, आक्रोशित समूहद्धारा गाडीमा आगजनी

अछाम, २० मंसिर- पूर्व मन्त्री तथा प्रदेश सभामा बाजुरा जिल्लाबाट कम्युनिष्ट गठबन्धनको उम्मेद्वार बनेका एमालेका नेता कर्ण थापालाई निर्वाचन आचारसंहिता मिचेर मौन अवधीमा छिमेकी जिल्ला अछाममा रकम बाड्को अवस्थामा स्थानीयहरुको कब्जामा रहेका छन् । थापालाई बुघबार अछामको जयगढमा पैसा बाड्दै गर्दा स्थानीयले भेटपछि भनाभन भएको थियो । निर्वाचनको मौन अवधिमा छिमेकी जिल्लामा पुगेर पैसा बाड्न थालेका थापाबाट स्थानीयहरुले ७ लाख रुपैया बरामद गरेका थिए ।
उनी सो स्थानमा पैसा लिएर आउने थाहापाएका स्थानीय बासिन्दाहरुले उनको निगरानी गरेको बताइन्छ । आफू उम्मेद्वार भएको जिल्लाको मतपेटिकाको रक्षा र मतगणनाको प्रबन्धलाई अलपत्र छाडेर मौन अवधिमा छिमेकी जिल्लाका बासिन्दालाई किन्न आएको आरोप लगाएपछि उनी उत्तेजित भएका थिए ।
निर्वाचन आचारसंहिताको उल्लंघन पनि आफै गर्ने र उल्टो स्थानीयवासीलाई तथानाम गालि गर्न थालेपछि उत्तेजित भएको भीडले उनको गाडी तोडफोड गर्दै आगजनी समेत गरेको थियो ।
अछाममा एमालेका भीमबहादुर रावल र यज्ञबहादुर बोगटीको अवस्था नाजुक भएपछि केन्द्रीय निर्देशनमा पूर्व मन्त्री थापा रकमको बन्दोवस्त गरी विभिन्न गाँउमा पैसा वितरण गर्न गएको बताइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार