मंसिर २१, अर्घाखाँची – अर्घाखाँची जिल्लामा प्रदेशसभा र प्रतिनिधि सभाका लागि यतिबेला मतदाताले उत्साहका साथ मतदान गरिरहेका छन् । माओवादी केन्द्रका नेता तथा बाम गठबन्धनका उम्मेदवार टोपबहादुर रायमाझी र गठबन्धनको तर्फबाट प्रदेश सभा क्षेत्र नम्वर (क) का उम्मेदवार चेतनारायण आचार्यले सन्धिखर्क नगरपालिका वडा नम्वर ९ मा रहेको अर्घा रजस्थल माबि केन्द्रबाट एकै पटक मतदान गरेका छन् ।
यस्तै नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेद्वार बाम गठबन्धन डाक्टर राम बहादुर बिसीले निर्धारित समयमै मतदान गरेका छन् । यस्तै प्रदेश क्षेत्र नम्बर १ उम्मेद्वार बिष्णु खनाल मुस्कान, र प्रदेश क्षेत्र नम्बर २ उम्मेद्वार हिम्मत टन्डनले पनि निर्धारित समयमै मतदान गरेका छन् ।
अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ





