मंसिर २१ काठमाण्डौ – काठमाडौंको नैकापमा बम पड्किएको छ। नैकापमा बाँसको झ्याङ्गमा बम पड्किएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रबिन्द्र धानुकले जानकारी दिए।
‘घरहरु भन्दा टाढा ५ सय मिटर बम पड्किएको छ,’ कुनै मानवीय क्षति भएको छैन’उनले भने । उनका अनुसार त्यो बम तत्काल पड्काउन घरमै बनाएकोे सामान्य बम भएको बताए। यस विषयमा थप अनुसन्धान भइरहेको बम पड्किएको स्थान वरिपरी सर्च अप्रेसन गरिरहेको उनले बताए। म पड्किए पनि त्रसित नबन्न उनले सर्वसाधारणसँग आग्रह गरेका छन् । प्रहरी र म्यादी गरी उपत्यकामा १४ हजार प्रहरी खटिएका छन् ।