मतदान गरेपछि देउवाले भने काँग्रेसले बहुमत ल्याउने छ अबको सरकार काँग्रेसकाे नै बन्ने छ

मंसिर २१, डडेल्धुरा -प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशका राजधानी चाँडै तोकिने बताए। गन्यापधुरा गाउँपालिका–१ अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा

मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री देउवाले निर्वाचनमा नेपाली काँग्रेसले बहुमत ल्याउने बताए। “अबको सरकार काँग्रेसले बनाउँछ, सम्पूर्ण समस्या समाधानको जिम्मा पनि काँग्रेसको हो,” उनले भने । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवाले बिहान १० बजेर २८ मिनेटमा रुवाखोला मतदान केन्द्रमा मतदान गरेका हुन् । प्रतिनिधिसभा सदस्यको उमेदवारसमेत रहेका उनले सो मतदान केन्द्रबाट छैटौँपटक मतदान गरेका हुन् । मतदानपछि प्रधानमन्त्री देउवा काठमाडौँ फर्किएका छन्  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार