यिनै हुन गगन थापालाई बम हान्नेहरु

नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं ४ का उम्मेदवार गगन थापालाई चुनाव प्रचारका क्रममा बम प्रहार गरेको आरोपमा  नेपाल कम्युनिस्ट पार्टी निकटका कार्यकर्तालाई प्रहरीको बिशेष ब्युरोले पेस्तोलसहित पक्राउ गरेको छ ।

रवि गोले सहित छ जनालाई पक्राउ गरिएको छ । गोले विप्लव निकट  नेकपाका युवा दस्ता ईन्चार्ज रहेको बताइएको छ ।

पक्राउ पर्ने अन्यमा सिन्धुलीका सम्पुर्ण भनिने विचारमान तामाङ, मकवानपुरका रोह नेपाली भन्ने महेश नेपाली, काभ्रेका विकेश लामा,नुवाकोटका राजिव तामाङ र दोलखाका रोशन विष्ट पनि रहेका छन् ।

गत सोमबार चुनावी प्रचारका क्रममा बुढानिलकण्ठ स्थित चपलीमा थापालाई लक्षित गरि बिस्फोट गराइएको थियो । विस्फोटबाट चुनावी अभियानको रहेका ११ व्यक्ति  घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार