https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

६७ प्रतिशत मत खस्यो, सबैभन्दा बढी गुल्मीमा ७८ प्रतिशत

 दोस्रो चरणको निर्वाचनमा ६७ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ । आयोगले सबैभन्दा बढी गुल्मीमा ७८ प्रतिशत मत खसेको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जानकारी दिए ।

उनले छुटफुट घटनाबाहेक उत्साजन र व्यापक सहभागिता र शान्तिपूर्ण मतदान भएको जानकारी दिए ।  आज निर्वाचन सम्पन्न ४५ जिल्लाका १५ हजार ४४ मतदान केन्द्र मध्ये अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–५ को क र ख दुई केन्द्रको स्थगित भएको जानकरी दिए ।

उनले उक्त केन्द्रको ख का मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर नगरेको भन्दै दलका कार्यकर्ताले तोडफोड गरेकाले स्थगित भएको हो ।

यादवले केही दिनमै सो केन्द्रमा पुनः मतदान हुने जानकारी दिए ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार