भूकम्पले हल्लायो प्रदेश नम्बर तीन, दोलखामा ५.२ रेक्टर स्केलको धक्का

मंसिर २२ काठमाडौं- भूकम्पले प्रदेश नम्बर ३ हल्लाएको छ । शुक्रबार बिहान  ८ः३६ बजे दोलखा केन्द्रबिन्दु भएर ५.२ रेक्टर स्केलको धक्का लागेको हो । दोलखाको जिरी, मिर्गे, काभ्रे र जुगुको बीच भागमा केन्दबिन्दु भएर भूकम्प गएको हो । यो भूकम्पको धक्कालाई ०७२ सालको भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो भूकम्पको धक्का दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं उपत्यकासंगै वरिपरिका जिल्लामा पनि महशुस भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार