https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

कांग्रेसले मनाङको प्रदेशसभाबाट जितको खाता खोल्यो

२२ मंसिर, काठमाडौं । कांग्रेसले मनाङबाट जितको खाता खोलेको छ । कांग्रेसका चिन्तबहादुर घलेले मनाङको प्रदेश सभा क बाट जित हात पारेका हुन् ।

विजयी घलेले ९ सय ९८ मत प्राप्त गरे । निकटतम् प्रतिद्वन्द्वी एमालेका धोर्जे डण्डुल गुरुङलाई १०२ मतअन्तरले हराउँदै उनी विजयी भएका हुन् ।एमालेका धोर्जे डण्डुल गुरुङले ८ सय ९६ मत पाएका हुन् ।मनाङको प्रदेश सभा खमा भने एमालेका समर्थन पाएका राजीव गुरुङ (दीपक मनाङे)ले जितेका छन् । प्रतिनिधिसभामा भने एमालेका पाल्देन छाेपाङ गुरुङ विजयी भएका छन् ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार