काठमाडौं क्षेत्र नम्बर एकको मतगणना सुरु

काठमाडौं २२ मंसिर,- दोस्रो चरणमा निर्वाचन भएको काठमाडौंको क्षेत्र नम्बर एकको मतगणना सुरु भउको छ। राष्ट्रिय सभागृहमा मतगणना सुरु भएको छ। काठमाडौं क्षेत्र नम्बर एकमा नेपाली कांग्रेसका प्रकाशमान सिंह, वाम गठबन्धनका अनिल शर्मा र विवेकशील साझाका रवीन्द्र मिश्रबीच मुख्य प्रतिस्पर्धा हुँदैछ।

यसअघिका दुई निर्वाचनमा कांग्रेसका प्रकाशमान सिंहले लगातार चुनाव जितेका थिए। यो पटक विवेकशील साझाका संयोजक रवीन्द्र मिश्र काठमाडौं क्षेत्र नम्बर एकबाट उम्मेद्वार भएपछि यो क्षेत्रको चर्चा चुलिएको छ।

वाम गठबन्धनले अनिल शर्मालाई चुनावी मैदानमा उतारेपछि  कांग्रेसका सिंह र विवेकशील साझाका मिश्रबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार