गोरखा २ को मुचुल्कामा लेखिए भन्दा बढी मत भेटिएपछि गणना रोकियो

गोरखा, २२ मंसिर – गोरखा २ को एक मतदान केन्द्रको मुचुल्का र पेटिकाको मतसंख्या नमिलेपछि मत गणना रोकिएको छ । चतुरमाला मतदान केन्द्रको मत पेटिकामा मुचुल्का भन्दा ४४ मत बढी खसेको भेटिएपछि मतगणना रोकिएको हो ।

जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार सर्वदलीय बैठकले मिलाउने प्रयास गरिरहेको छ । जिल्ला निर्वाचन अधिकारीले यो सामान्य भएको र धेरै लामो छलफल नहुने बताएका छन् ।

गोरखा २ मा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ चुनावी मैदानमा छन् । भट्टलाईले सुरुवातदेखि नै अग्रता कायम गरेका छन् ।

नयाँ शक्ति पार्टीकाका संयोजक डा बाबुराम भट्टराई एक हजार ५९० मतले वाम गठबन्धनका उम्मेदवार नेकपा-माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठभन्दा अगाडि हुनुहुन्छ ।

बाइस हजार ५६८ मतगणना हुँदा डा भट्टराईले ११ हजार ३४९ र श्रेष्ठले नौ हजार ७४९ मत ल्याउनुभएको छ । गोरखा–२ का दुवै प्रदेशमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अघि छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार