काठमाडौं १ मा रविन्द्र मिश्र पराजित गरी प्रकाशमानसि‌ंह विजयी

काठमाडौं, २३ मंसिर – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका छन् । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई ८१९ मतान्तरले पराजित गर्दै कांग्रेस नेता सिंह विजयी बनेका हुन् ।

निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार सिंहले १० हजार ९ सय ३७ मत पाएका छन् भने सिंहका निकटतम प्रतिद्वन्द्वी रविन्द्र मिश्रले १० हजार ११८ मत पाएर दोस्रो स्थान हासिल गरेका छन् । वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले ५ हजार ३३५ मत पाएर तेस्रो स्थानमा चित्त बुझाएका छन् । मिश्र ८ सय १८ मतअन्तरले पराजित भएका छन् ।

मिश्रले कांग्रेस नेता सिंहलाई सुरुदेखि नै पछ्याइरहेका भएपनि जित्न सकेनन् । चुनाव जितेर मिश्रले आफ्नो पार्टीलाई राष्ट्रिय पार्टी बनाउने रणनीति बनाएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार