काठमाडौं ४ मा राजन भट्टराई पराजित, गगन थापा विजयी

काठमाडौं, २३ मंसिर – नेपाली कांग्रेसका युवा नेता गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सांसद निर्वाचित भएका छन् । केहिबेर अघि सम्पन्न मतगणनामा वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार डाक्टर राजन भट्टराईलाई ३ हजार भन्दा बढी मतले पछि पार्दै थापा विजयी भएका हुन् ।

थापा २१ हजार ५५८ ल्याएर काठमाडौं ४ बाट दोस्रो पटक निर्वाचित भएका हुन् । यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा पनि थापाले यही क्षेत्रबाट जितेका थिए ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका डा. राजन भट्टराईले १८ हजार १४० मत पाए । यस क्षेत्रबाट विवेकशील साझा पार्टीकी उम्मेदवार सुवुना बस्नेतले ३ हजार ४० पाइन् ।

भट्टराईको उम्मेद्वारीलाई लिएर एमालेजन उत्साहित देखिन्थे तर गगन थापाले आफ्नो कामले मतदाताको मन जितेका हुनाले भट्टराई नजित्ने आंकलन पहिलेदेखि नै क्षेत्रमा रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार