https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

फराकिलो मतान्तरले प्रधानमन्त्री देउवा विजयी

काठमाडौं, २४ मंसिर — नेपाली कांग्रेसका उम्मेदवार प्रधानमन्त्री देउवा फराकिलो मतान्तरसहित डडेलधुराबाट विजयी भएका छन् । बाम गठबन्धनका उम्मेदवार तथा माओवादी नेता खगराज भट्टलाई ६ हजार ९ सय २९ मतान्तरले पराजित गर्दै देउवा विजयी भएका हुन् ।

प्रधानमन्त्री देउवाले २८ हजार ४४ मत पाए भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टले २१ हजार १ सय १५ मत पाए। यसअघि २०६४ मा भएको पहिलो संविधानसभाको निर्वाचन र २०७० मा भएको दोस्रो संविधान सभाको निर्वाचनमा पनि देउवाले माओवादी नेता भट्टलाई नै पराजित गरेका थिए ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार