कञ्चनपुरमा प्रतिनिधि सभामा रमेश लेखक २५८ मतले पराजित

काठमाडौं, २६ मंसिर- कञ्चनपुर जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ अन्तिम मत परिणाम आइसकेको छ । यो परिणाम अनुसार कहीं फराकिलो मतान्तर छ भने कहींं निकै कमको मतान्तर छ ।

नेपाली काँग्रेसका नेता रमेश लेखक मात्र २५८ मतले पराजित भएका छन् । प्रतिनिधि सभा सदस्य क्षेत्र नं १ मा माओवादी केन्द्रकी बिना मगरले ३८४६७ मत ल्याइ जितेकी छिन् । नेपाली काँग्रेसका दिवान सिंह बिष्टले १९२१९ मत ल्याए । १९२४८ मत मतान्तर रह्यो ।

प्रदेश सभा निर्वाचन क्षेत्र नं १ क मा एमालेकी तारा लामा तामाङ २००१५ मत सहित निर्वाचित भएकी छिन् । उनले काँग्रेसका गोपाल सिह गुरुङलाई हराइन् । गुरुङले ९२९० मत ल्याए । प्रदेश सभा निर्वाचन क्षेत्र नं १ (ख) मा एमालेका कुलविर चौधरी १६१५८ मत सहित निर्वाचित भए ।

काँग्रेसका राम लाल रानाको १०२२३ मत रह्यो । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा एमालेका नर बहादुर धामी ३३२२० मत सहित निर्वाचित भए । उनले काँग्रेसका नारायण प्रकाश साउदलाई (२४८९३) पराजित गरे । प्रदेश सभा निर्वाचन क्षेत्र नं २ क मा माओवादी केन्द्रका महेश दत्त जोशी (१७६७२) निर्वाचित भएका छन् ।

उनले नेपाली काँग्रेसका पुष्कर राज ओझा (१२४६२) लाई हराए । प्रदेश सभा निर्वाचन क्षेत्र नं २ ख मा एमालेका लाल बहादुर खड्का (१६३८५) निर्वाचित भएका छन् । उनले काँग्रेसका बहादुर सिंह थापा (११८५१) पराजित गरेका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ३ मा एमालेका डा दीपक प्रकाश भट्ट (२६३६४) निर्वाचित भएका छन् ।

उनले काँग्रेसका रमेश लेखक (२६१०६) लाई पराजित गरेका छन् । लेखक मात्र २५८ मतान्तरले पराजित भएका हुन् । कञ्चनपुर प्रदेश सभा ३ को क मा एमालेका प्रकाश रावल(१२८१७) निर्वाचित हुँदा उनले काँग्रेसका यज्ञराज जोशी (१२७५४) लाई पछि पारे ।

यहाँको मतान्तर जम्मा ६३ मत रह्यो । कञ्चनपुर प्रदेश सभा ३ को ख मा माओवादीका मान बहादुर सुनार १३७०० मत सहित निर्वाचित भए । उनले काँग्रेसका बेल बहादुर राना मगर लाई (१३५३९) पराजित गरे । मतान्तर १६१ रह्यो ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार