समानुपातिक तर्फ कुन दलले कति मत पाए ? (बिवरण सहित)

काठमाडौं, २६ मंसिर – प्रतिनिधिसभाको प्रत्यक्षतर्फ धेरै सिट जितेको नेकपा एमालेले समानुपातिकमा पनि अग्रता बनाएको छ । अहिलेसम्मको मतगणना अनुसार समानुपातिक तर्फ एमाले पहिलो स्थानमा रहेको छ भने कांग्रेस एमालेलाई पछ्याउदै दोस्रो स्थानमा रहेको छ । देशभरिबाट मंगलबार मध्यान्न सम्ममा ३० लाख मत गणना हुँदा नेकपा एमाले र नेपाली कांग्रेसले १० लाख मत काटाएका छन् ।

पहिलो स्थानमा  एमालेको — ११ लाख ३२ हजार ३३३

दोस्रो स्थानमा काँग्रेसको — १० लाख ५१ हजार ५४९

तेस्रो स्थानमा  माओवादी केन्द्रको — ४ लाख ५७ हजार ६५०

चाैथाे संघीय समाजवादी फोरमको — ८१ हजार २ सय ५७ मत

पाँचौं  विवेकशील साझा पार्टीको —  ६३ हजार ६ सय २६

छैटौं कमल थापा नेतृत्वको राप्रपा — ५८ हजार ८ सय ३६

साताै राजपाकाे — ५३ हजार ९३

अाठाैमा नयाँशक्ति पार्टीकाे — ३४ हजार ५ सय ९३

नवैमा राष्ट्रिय जनमोर्चा नेपालकाे — २६ हजार ५ सय ८९

दशाै राप्रपा प्रजातान्त्रिककाे —  २३ हजार ५ सय ८८

अन्य दलकाे जम्मा — ८५ हजार ९ सय ५८

समानुपातिक तर्फ कूल सदर मतको तीन प्रतिशत मत प्राप्त गर्नेले मात्रै प्रतिनिधित्व पाउने कानुनी प्रावधान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार