प्रतिनिधि सभा र प्रदेश सभाको ताजा मत परिणाम २०७४ (बिवरण सहित)

काठमाडौं, २६ मंसिर — प्रतिनिधि सभा र प्रदेश सभाको मतगणनाको अन्तिम परिणाम आउन थालेको छ। पछिल्लो मत गणना अनुसार प्रतिनिधिसभा तर्फको १६१ स्थानको मतपरिणाम सार्वजनिक भएको छ।

हालसम्म प्राप्त विवरणअनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ नेकपा (एमाले)का ७६, नेकपा (माओवादी केन्द्र) का ३६, नेपाली काँग्रेसका २१, राष्ट्रिय जनता पार्टी नेपालकाे ११ र संघीय समाजवादी फोरम नेपालका १० प्रतिनिधि निर्वाचित भएका छन् ।

यसैगरी, नयाँ शक्ति पार्टी, नेपालका एक, नेपाल मजदुर किसान पार्टीका एक, राष्ट्रिय जनमोर्चाका एक र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक प्रतिनिधि तथा स्वतन्त्र एक सदस्य निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार