रोचक बन्दै सुनसरी क्षेत्र नं ३, कस्ले जित्ला चुनाव गच्छदार कि चौधरी ?

काठमाडौं, २७ मंसिर — सुनसरी क्षेत्र नं ३ को मतगणनामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयकुमार गच्छदारले अग्रता लिएका छन्। मतगणना सुरु भएदेखि पछाडि रहँदै आएका गच्छदारले आज अग्रता लिएका हुन्। आज बिहान ६ बजे सार्वजनिक भएको पछिल्लो मत परिणामअनुसार गच्छदार ५१९ मतले अगाडि छन्।

पछिल्लो मत परिणामअनुसार का‌ग्रेसका उम्मेदवार गच्छदारले ३६ हजार ८० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार भगवती चौधरीले ३५ हजार ५६१ मत प्राप्त गरेकी छन् ।

सो क्षेत्रमा ८५ हजार १९७ मत खसेकोमा ७८ हजार ३९१ मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुनसरीले जनाएको छ । अब त्यो क्षेत्रमा जम्मा ६ हजार ८०६ मत गणना गर्न बाँकी रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार