पाल्पामा एक्साभेटर पुरिँदा सहचालक बेपत्ता

पाल्पा, २९ मंसिर  – कालीगन्डकी कोरिडोरको सडक विस्तार गर्नेक्रममा माथिबाट पहिरो खस्दा एक्साभेटर कालीगन्डकी नदीको भीरमा अड्किएर पुरिएको छ । पहिरोमा सहचालक बझाङग जिल्ला थलास गाउँपालिकाका निवासी २१ वर्षीय सुनिलकुमार सिंह पुरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पाल्पा, बगनासकाली गाउँपालिका–६ यम्घामा कुटिडाँडानजिकैको कालीगन्डकी कोरिडोरको सडक विस्तारकाक्रममा एक्सकाभेटर पुरिएको हो । सहचालक सिंहले एक्सकाभेटर चलाइरहेकाले उनी माटोमा पुरिएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनास्थलमा सहचालकको चप्पल भेटिएको छ । चालक भने चिया पिउन बसेकाले दुर्घटनाबाट जोगिएका थिए । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार