चार अर्बको गोली किन्न दबाब, अर्थ मन्त्रालयमा रोकियो प्रक्रिया

काठमाडौं, १ पुस —  नेपाल प्रहरीसँग गोली छैन भन्दै ४ अर्बको गोलीगठ्ठा किन्न गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयमा दबाब बढाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा चुनावअगाडि नै प्रक्रिया सुरु भए पनि मन्त्री फेरिदा खरिद प्रक्रिया रोकिएको हो ।

MIAMI – APRIL 09: Completed .40 caliber cartridges are seen at Stone Hart Manufacturing, Company April 9, 2009 in Miami, Florida. Ammunition suppliers nationwide are reporting a shortage due in part to a sharp rise in gun sales after the election of President Obama, said to be fueling fears that his administration will usher in more restrictive gun laws. Other factors pointed to are the wars in Iraq and Afghanistan and fear of social upheaval due to a worsening economy. (Photo by Joe Raedle/Getty Images)

गृहमा जनार्दन शर्मा मन्त्री हुदा नै अर्थमा साढे २ अर्ब रुपैयाबराबरको गोली र डेढ अर्ब रुपैयाबराबरको अन्य सामग्री खरिद प्रस्थाव पुगेको थियो । गोली नेपाली सेनाबाट किन्ने कि अन्य देशबाट भन्ने विषयमा सहमति हुन नसक्दा रोकिएको खरिद फाइल अगाडि बढाउन अहिले दैनिक दबाब आउने गरेको जानकार एक अधिकारीले बताए ।

स्रोतका अनुसार माओवादी नेता शर्माले गृहमन्त्री छँदा सुरक्षा निकायलाई आधुनिकिकरण गर्ने भन्दै हतियारसँगै हेलिकोप्टरसमेत खरिद गर्ने प्रस्ताव अगाडि बढाएका थिए । अर्थका अधिकारीले हेलिकोप्टर खरिद प्रस्ताव स्वीकार नगर्दा सो प्रयास पूरा हुन पाएन । — नागरिकमा दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार