काठमाडौं- सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको ९०दिनकाे अन्त्यमा बम्फर उपहारको घोषणा गरेको छ । कम्पनीको ब्राण्ड एम्बासडर श्री सिताराम कट्टेल (धुर्मुस) र यस कम्पनीका प्रबन्ध निर्देशक श्री चन्द्र टण्डन द्वारा सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा Facebook Live कार्यक्रमको आयोजना गरी उक्त उपहार योजनाकोे बम्फर उपहारको रुपमा रेनौल्टको क्विड आर एक्सएल कार को विजेताको छनौट गरिको छ ।
सो लक्की ड्र मा साउदी अरबको टेलीमनीबाट नेपालमा पैसा पठाउने जमन तामाङ्ले ईलाम निवासी आफ्नी श्रीमती बिमला देवी तामाङ्गलाई पैसा पठाउँदा बम्फर उपहार विजेता छानिनु भएको हाे । निज बिमला देवी तामाङ्ले बम्फर उपहारको रुपमा रेनौल्टको क्विड आरएक्सएल कार जित्न सफल हुनु भएको छ । बम्फर उपहार विजेता जमन तामाङ तथा बिमला देवी तामाङ लार्इ कम्पनीको ब्राण्ड एम्बासडर सिताराम कट्टेल (धुर्मुस)ले Facebook Live बाट बधार्इ दिनुभयाे ।
२०७४ सालको विजयादशमी एवं शुभ–दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुका लागि ९० दिन सम्म चल्ने “सिटी एक्सप्रेस उत्सव एक्सप्रेस ” उपहार योजना सार्वजनिक गरेको हाे । यस उपहार अन्तर्गत सिटी एक्सप्रेस मनी ट्रान्सफर मार्फत विदेशबाट नेपालमा रहेका आफन्तलाई रेमिटान्स रकम पठाए वापतमा दैनिक रुपमा एक जना भाग्यशाली विजेताले एक तोला चाँदीका सिक्का, क्याप, टी सर्ट र किरिङ्ग, साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोवाईल र हरेक महिनामा एक जना भाग्यशाली विजेताले एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिएको र एकजना भाग्यशाली विजेतालाई बम्फर उपहारको रुपमा रेनौल्टको क्विड आर एक्सएल कार प्राप्त गर्ने घोषणा गरेको हाे ।
यस उपहार योजना अबधीमा दैनिक उपहार योजना अन्तर्गत ९० जना सेवाग्रीले एक तोला चाँदीका सिक्का, क्याप, टी सर्ट र किरिङ्ग, साप्ताहिक रुपमा १२ जनाले ओप्पो मोवाईल र मासिक रुपमा ३ जना एलजी रेफ्रिजिरेटर प्राप्त गर्न सफल भै सकेका छन् । ती सबै उपहारहरु विद्युतीय लक्की ड्र मार्फत विजेताहरुको छनौट गरिएको कम्पनिका प्रबन्ध निर्देशक श्री चन्द्र टण्डनले जानकारी गराउनु भयो ।