आईसरको अत्याधुनिक टिप्पर प्रो ८०३१ बजारमा

काठमाडौं, २ पुस – आइसर कम्पनीले “आईसर कन्ष्ट्रक्ट २०७४” को भव्य आयोजना गर्दै ३३० हर्सपावरको भल्भो टेक्नोलोजीमा निर्मित कम्पनीको नयाँ अत्याधुनिक टिप्पर आईसर प्रो ८०३१ एक्स एम बजारमा ल्याएको छ ।

उक्त कार्यक्रममा कम्पनीका सिनियर भाईस पे्रसिटेन्ट तथा ईन्टरनेशनल बिजनेस हेड श्री एस.एस गिल र वतास अर्गनाईजेसनका अध्यक्ष श्री आनन्द राज बतासले संयुक्त रुपमा रीवन काटि उक्त टिपरको सार्वजनीक गर्नु भयो ।

नेपाली बजारमा लोकप्रिय आइसरका बस, ट्रक, टिप्पर आदि ईन्धन किफायती, बलियो र पावरफुल मनिदै आएको छ । उक्त कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक शान्त राज बतास र कम्पनीका प्रबन्धक निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले आईसरका उत्पादनहरुमा लाइफ टाइम सेवा प्रदान गरिने बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार