प्रचण्डले दिए प्रधानमन्त्री देउवालाई धन्यवाद, ओलीले सरकारको आलोचना मात्र गरे

ठमाडौं, ३ पुस —  प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा बाम गठबन्लाधनई मतदान गर्ने मतदाताहरुलाई धन्यवाद दिन आयोजित पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष प्रचण्डले  सरकारले चुनाव सफल गराएकोप्रति धन्यवाद ज्ञापन गरे। चुनाव सफल गराएको जस नगुमाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव समेत दिए । उनले सरकार चुनाव गराएर धन्यवादको पात्र बनेको भन्दै यो जस देउवाले तत्काल सरकार छाडेर आफूमै सुरक्षित राख्नुपर्ने सुझाव दिएका छन् ।

आफू हार्ने निश्चित हुँदा हुँदै पनि सफलतापूर्वक निर्वाचन सम्पन्न गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र सिंगो नेपाली काँग्रेसलाई राज्यका विभिन्न व्यक्ति तथा संस्थाहरुले धन्यवाद दिईरहेको बेलामा निर्वाचनमा पहिलो शक्ति बनेको नेकपा एमालेले भने चुनाव सम्पन्न गर्ने दललाई धन्यवादसम्म दिन सकेन ।

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले आआफ्नो उदारता प्रस्तुत गरे । सम्मेलनमा पहिलो सम्बोधन गरेका एमाले अध्यक्ष ओलीले सुरुवातमै प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आक्रोश पोखे। उनले सरकारले चुनाव गराएको भनेर सामान्य मर्यादा राखेर जस समेत दिन सकेनन् ।

चुनावी प्रक्रियामा सहभागी भएका सरकारी कर्मचारी, सुरक्षा निकायका प्रमुख लगायतलाई धन्यवाद दिने क्रममा उनले प्रतिस्पर्धी दल जो सरकारको नेतृत्व गरिरहेको छ उसलाई धन्यवाद दिएर आफ्नो उदारता प्रस्तुत गर्न सकेनन् । राजनीतिक संस्कार समेत प्रदर्शन नगरि कन्जुस्याई गरे। उनले यद्यपि मतदाता र अन्य चुनावी प्रक्रियामा सहभागी भएका सबै क्षेत्रका व्यक्ति तथा संस्थालाई धन्यवाद ज्ञापन गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार