सांसदले गरे आफ्नै कम्पनीको ठेक्का शिलान्यास

वीरगन्ज, ४ पुस – प्रतिनिधिसभाका नवनिर्वाचित एक सांसदले आफ्नै कम्पनीले ठेक्का पाएको सडकखण्डको सोमबार शिलान्यास गरेका छन् । पर्सा ३ का सांसद हरिनारायण रौनियार पप्पु कन्स्ट्रक्सनका सञ्चालक हुन्, जुन कम्पनी ढिलासुस्ती र गुणस्तरहीनताका कारण विभिन्न परियोजनामा ‘कालो सूची’ मा पर्दै आएको छ । त्यसैले ठेक्का पाएको हुलाकी राजमार्गअन्तर्गत वीरगन्ज–ठोरी ३० किलोमिटर खण्ड स्तरोन्नति गरी कालोपत्रे गर्ने योजना स्वयं रौनियारले शिलान्यास गरेका हुन् ।

साख गुमाउँदै गएको ‘क’ वर्गको निर्माण कम्पनी पप्पुले पर्सामा मात्र करिब आधा दर्जन ठेक्का पाएको छ । हालसम्म अधिकांश ठेक्काको निर्माण कार्य निर्धारित मितिभन्दा पछाडि परेको छ ।

जनता सडक, गर्दौल–पोखरिया सडक कालोपत्र गर्ने, तिलावे नदीमाथि पुल निर्माण, वीरगन्ज बसपार्क टर्मिनल निर्माण, ल्यान्डफिल साइट निर्माण, ड्राइपोर्ट–परवानीपुर ६ लेन सडक निर्माण लगायतका ठेक्का पप्पुले पाएर ओगटदै आएको छ । तीजस्तै हुलाकी राजमार्ग पनि अलपत्र पर्ने हो कि भन्ने स्थानीयवासीमा चिन्ता बढेको छ । – कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार