बाम गठबन्धनमा भाडभैलो सुरु, महराले लेखे ‘नोट अफ डिसेन्ट’

काठमाडौं, ४ पुस – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकतालाई धक्का लाग्न थालेको छ । एकता भाँडिन्छ कि भन्ने डरले गत आइतबार जवरजस्ती राजधानीको पाँचतारे होटलमा बाम गठबन्धनका प्रमुखहरु एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलन गरी सन्देश दिन खोजे पनि बिस्तारै त्यसको पर्दाफास हुन थालेको छ ।

पत्रकार सम्मेलनपछि सोमबार बसेको माओवादी केन्द्रको हेडक्वार्टर बैठकमा असन्तुष्टिले राम्रै ठाउँ पाएको हो । सो बैठकमा पार्टी एकताको विषयलाई लिएर माओवादीका प्रभावशाली नेता कृष्णबहादुर महरालले ‘नोट अफ डिसेन्ट’ जाहेर गरेका हुन् । उनले ‘एमालेसँग चुनावी तालमेल मात्र भएको भन्दै पार्टी एकता जटिल रहेको’ बताएको महराको भनाइ उद्द्दृत गर्दै एक नेताले बताए ।

महरा सुरुदेखि नै एकताको विपक्षमा उभिएको चर्चा चल्दै आएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलोपटक सोमबार कोटेश्वर पेरिसडाँडास्थित मुख्यालयमा बसेको हेडक्वार्टर बैठकमा महराले एमालेसँगको एकता सम्भव नभएको पनि स्पष्ट पारेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार