http://jagdambacement.com/

इन्ट्रीग्रिटी आइडल- ०१७ को उपाधी अर्घाखाँचीका शेष नारायणलाई

अर्घाखाँची, ५ पुस – यस वर्षको इन्टिग्रिटी आइडलको उपाधी स्थायी अर्घाखाँचीको पोखराथोकमा घर हुनुभएका मोरङ्गका सहायक प्रमुख जिल्ला अधिकारी शेष नारायण पौडेलले प्राप्त गरेका छन् ।काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सहायक प्रमुख जिल्ला अधिकारी पौडेललाई उक्त उपाधी प्रदान गरिएको हो ।


सक्षम, इमान्दार र कर्तब्यनिष्ठ राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्न एकाउन्ट्याविलिटी ल्याबले हरेक वर्ष यस कार्यक्रमको आयोजना गर्दै आएको छ । इन्ट्याग्रीटी आइडल २०१७ को उपाधी पाउन सफल पौडेलले कार्यक्षेत्रमा खटिएर गएपछि त्यहाँको भौगोलिक, सांस्कृतिक, आर्थिक अवस्था र समुदायको अध्ययन गरेर योजनाबद्ध ढंगले सेवाग्राहीको हितमा काम गर्दै आएको ल्यावले जनाएको छ ।

नागरिक स्तरबाट सर्वोत्कृष्ट कर्मचारीलाई सम्मान गर्न ल्याबले सन् २०१४ देखि इन्ट्याग्रिटी आइडलको सुरु गरेको हो । इन्ट्याग्रीटी आइडल २०१७ मा यस वर्ष १५ जनवरी २०१७ बाट चार महिनाका लागि मनोनयन खुल्ला गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार