अर्घाखाँची, ५ पुस – वीरगञ्ज उपमहानगरपालिका पर्सौनी वडा नम्बर २४ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योग भीषण आगलागी भएको छ । बिहान ७ बजेदेखि शुरु भएको अगालागी अझै नियन्त्रणमा आएको छैन । वीरगञ्जको सुपर ग्यास उद्योगमा भएको भिषण आगलागी नियन्त्रण वाहिर छ । आगो निभाउन गएको वीरगञ्ज महानगरपालिकाको दमकल जलेको छ । आगो निभाउनका लागि सेना, प्रहरी, शसस्त्र प्रहरी समेत परिचालन गरिएएको छ ।
आगलागी हुने बित्तिकै आगो निभाउनका लागि गएको वीरगञ्ज उपमहानगरपालिकाको वारुण यन्त्र घटना स्थलमा पुगेको थियो । तर, ग्यास पड्किँदा उक्त वारुण यन्त्र पनि जल्न पुगेको छ ।महानगरपालिकाका अनुसार ३ नम्बरको वारुण यन्त्र आगलागीमा परेर जलेको छ । प्रत्यक्षदर्शीका अनुसार ग्यास पड्किँदा दुईवटा शव उछिटिएर आएका थिए । प्रहरीका अनुसार दमकलमा रहेका दुई कर्मचारी यादव प्रसाद अधिकारी र मधुसुधन मिश्रको मृत्यु भएको छ ।
आगलागीमा परि कम्तीमा पाँच जनाको मृत्यु भएको शंका गरिएको छ । यद्यपी यसको पुष्टि हुन वाँकी छ । ग्यास उद्योगका फोरम्यान वर्ष ४० का अम्बिका पटेल, वीरगञ्ज महानगरपालिकाको दमकल चालक बर्ष ३५ का सन्दिप नेपाल र चालक अरुण महत्तो घाईते भएका छन् । घाईते तिनै जनाको गण्डक अस्पतलमा उपचार भईरहेको छ ।
आगो निभाउन नेपाली सेनाको चण्डीप्रसाद गण, सशस्त्र प्रहरी र प्रहरीको टोलीले प्रयास गरिरहेको छ । आगो निभाउन भारतबाट पनि दमकल मगाइएको छ । उद्योगभित्र कति मानिस थिए र के कारणले आगो लाग्यो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । ग्यास सिलिण्डर पड्किरहेकाले आगो नियन्त्रणमा समस्या भएको छ । स्थानीय त्रसित बनेका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सार्न पहल भइरहेको छ ।
जिकका वस्ती खाली गराइँदै
उद्योगमा रहेका ग्यास सिलिण्डर पड्किरहेका छन् । जसले गर्दा नियन्त्रण गर्न निकै कठिनाइ भएको छ । आगलागी झन(झन फैलँदै गएको छ । अग्नी नियन्त्रणसमेत आगलागी भएको स्थानभन्दा २३ सय मिटरको दुरीमा छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना पनि आगलागी नियन्त्रणमा खटिएका छन् ।
उद्योग वरपर ९३ किलोमिटर० सम्म बस्ती खाली गराउने काम भइरहेको छ । उद्योग बस्तीबाट एक किलोमिटर टाढा भए पनि भीषण आगलागी भएका कारण स्थानीय त्रसित छन्। स्थानीय बस्ती नै छाडेर सुरक्षित स्थानमा पुगेका छन् ।
प्रहरीले स्थानीयलाई आगलागीको ५ सय मिटर पर नै रोकेको छ । सुरक्षाकर्मीले पनि स्थानीयलाई घर छोडेर सुरक्षित स्थानमा जान आग्रह गरेको छ। प्रहरीले आफ्ना घरपालुवा जनावरसहित सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ।