नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता विश्वप्रकाश शर्माले कांग्रेसलाइ राष्ट्रब्यापी रुपमा बलियो बनाउन सहि ‘ट्रिटमेन्ट’ जरुरी रहेको बताएका छन् । कांग्रेस बुटवल नगर समितिले बुटवलमा आयोजना गरेको कार्यकता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले भने,-यस पटकको निर्वाचनमा कांग्रेस मात्र हारेको हो,तर कांग्रेसको विचारले जितेको छ ।’ कांग्रेस घाटमा नपुगेको भन्दै थला मात्र परेको उनको भनाइ छ ।
स
कांग्रेस बुटवल नगर समितिले आज बुटवलमा आयोजना गरेको कार्यकता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले भने,-यस पटकको निर्वाचनमा कांग्रेस मात्र हारेको हो,तर कांग्रेसको विचारले जितेको छ ।’ कांग्रेस घाटमा नपुगेको भन्दै थला मात्र परेको उनको भनाइ छ ।
शर्माले पार्टीमा आमूल परिवर्तन जरूरी रहेको भन्दै पार्टी विस्तार नभई व्यवस्थापन आवश्यक रहेको तर्क राखे । उनले चुनाव हार्दैमा पार्टी नसकिने भन्दै अब फुटबल हारेको टीमजस्तो चुनाव हारेर कांग्रेस नबस्ने उल्लेख समेत गरे ।
कांग्रेसको रूखलाई जरामा पानी हाल्नुपर्ने बेला आएको उनको निश्कर्ष छ ।कांग्रेसको चुनाबी परिणामबाट कोहिपनि आत्तीनुपर्ने अबस्था नरहेको भन्दै उनले बाम गठबन्धनलाइ पनि चुनाबी नतिजामा बढि नहौसिन आग्रह गरे ।
भिडियाेमा विश्वप्रकाश शर्माले बुटवलमा दिएकाे भासण
Posted by Gopal Pandey on Sonntag, 24. Dezember 2017