काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरबीच चर्कियो विवाद, एकले ताला लगाउने अर्कोले खोल्ने

काठमाडौं, ११ पुस- काठमाडाैं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले पूरातत्व विभागको स्विकृतिविना नै मेयर विद्यासुन्दर शाक्यले रानीपोखरीमा कंक्रिट संरचना बनाउन सुरु गरेको आरोप लगाएकी छिन् ।


उपमेयर खड्गीले काठमाडौं उपत्यकाको सम्पदा नै लोप हुनेगरी निर्माण गर्न लागिएको रानीपोखरीको कंक्रिट संरचना निर्माणको काम अघि बढाउन नदिने दावी समेत गरिन् ।
मंगलबार विहान रानीपोखरीको अवलोकन गरेपछि उनले संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै विज्ञहरुसँग छलफल गरेर मात्रै रानीपोखरी पुनर्निर्माणको काम अघि बढने पनि स्पष्ट पारिन् ।

उनले रानीपोखरी निर्माणको सम्बन्धमा मेयर शाक्यले आफूसँग सामान्य परामर्श समेत गर्न नचाहेको पनि बताइन् ।
उपमेयर खडगीले पूरातत्व विभागको स्विकृतिविना कुनै पनि सम्पदा पुनर्निर्माणको काम अघि बढाउन नमिल्ने दावी समेत गरिन् । उपमेयर खड्गीले मेयर शाक्य आफू एक्लै अघि बढन खोजेको भन्द्रै आपत्ति पनि जनाइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार