अभिनेत्री बिना थापाको स्कुटी दुर्घटना मृत्यु

काठमाडौं — बत्तीसपुतलीमा भएको सडक दुर्घटनामा परी अभिनेत्री वीना थापाको बुधबार निधन भएको छ। प्रदर्शनको संघारमा रहेको सिनेमा ‘पिँजडा ब्याक अगेन’मा उनको अभिनय छ।

दुर्घटनामा गम्भीर घाइते भएकी थापालाई वीर अस्पताल लगिएको थियो उपचारका क्रममा निधन भएको हो । गुल्मीको मुसिकोट गाउँपालिका-२ की स्थायी बासिन्दा २७ वर्षीया थापालाई बा२ख ८९४ नम्बरको पानीट्यांकरले बा ५५ प १३८७ नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार