राष्ट्रपतिद्वारा राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण, एमालेकाे दवाबले राष्ट्रपतिलार्इ अनाबस्यक विवादमा तान्याे

काठमाडौँ, १४ पुस — राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नुभएको छ । राजनीतिक दलबीचमा विवाद देखिएका कारण लामो समयदेखि राष्ट्रपति कार्यालयमा अड्किएको उक्त अध्यादेश आज प्रमाणीकरण गर्नुभएको उहाँको प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

राष्ट्रपतिको चाहना सबै राजनीतिक दलको सहमति होस् भन्ने भए पनि पछिल्लो राजनीतिक गत्यावरोधलाई अन्त्य गर्ने ध्येयले उक्त अध्यादेश प्रमाणीकरण गर्नुभएको प्रमुख स्वकीय सचिव अधिकारीको भनाइ छ ।

यसबीचमा राष्ट्रपति भण्डारीले राजनीतिक सहमति जुटाउन पटक पटक प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेतासँग संवाद गर्नुभएको थियो । उक्त अध्यादेश सरकारले गत कात्तिक पहिलो साता राष्ट्रपतिसमक्ष पेश गरेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवासंग शुक्रबार बिहान भएको छलफल सकिएपछि राष्ट्रपति भण्डारी जस्ताको तस्तै अध्यादेश प्रमाणीकरण गर्न वाध्य भएकी हुन् । विवादित अध्यादेशमा सहमतिका लागि निरन्तर प्रेरित गर्दा पनि दलहरुबीच सहमति नदेखिएपछि भण्डारी बिहीबारै स्वीकृत गर्ने मनस्थितिमा पुगेकी थिइन् । नयाँ सरकारको नेतृत्व गर्न आतुर देखिएको एमाले भने विफल देखिएको छ । एमालेले बहुमतीय प्रक्रियाबाट राष्ट्रिय सभा गठन हुनुपर्ने अडान राख्दै आएको थियो । एमालेकाे दवाबले राष्ट्रपतिलार्इ अनाबस्यक रुपमा विवादमा तान्याे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार