हरिवंश र दीपा नाचेकाे ‘रुपै मोहनी’ गित सार्वजनिक (भिडियाे सहित)

काठमाडौंः चलचित्र ‘शत्रु गते’ को गीत ‘रुपै मोहनी’ सार्वजनिक भएको छ । मह सञ्चारको प्रस्तुति तथा प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्र ‘शत्रु गते’ को गीत रुपै मोहनी शुक्रबार बेलुका युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

ठमेल बजार, काले दाइसहितका गीतबाट चर्चामा आएकी गायिका मीना निरौला पोख्रेल र टंक बुढाथोकीको स्वरमा रहेको गीत अहिले युट्युव ट्रेनडिङको तेस्रो नम्बरमा रहेको छ । गीतमा लोकराज अधिकारीको शब्द र टंक बुढाथोकीको संगीत छ । गीतमा चर्चित कलाकार मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपाश्री निरौला, दीपक राज गिरी, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुसाल, शिवहरि पौड्याल सहितका कलाकारले अभिनय गरेका छन् ।

किरण केसीले १६ वर्षपछि निर्माण गरेको ‘शत्रु गते’ को वीरगंजमा १७ दिन र बाँकी काठमाडौंमा गरी ४० दिन लगाएर चलचित्र छायाँकन गरिएको छ । ‘शत्रु गते’ मा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा, पल शाह, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुषाल, शिवहरि पौड्याल लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्र आउँदो चैत ९ गतेदेखि प्रदर्शनमा आउनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार