https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

चुनावमा पराजित भएपछि पूर्वराजा समक्ष गुनासो लिएर पुगे उपप्रधानमन्त्री

नेपालगञ्ज, १६ पुस – धार्मिक भ्रमण र होटल उद्घाटनका लागि बाँकेमा आएका पूर्वराजा ज्ञानेन्द्र शाहसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले भेटवार्ता गरेका छन् । शनिबार होटल सोल्टीमा वर्तमान उपप्रधान तथा स्थानीय विकास मन्त्रीसमेत रहेका थापाले पूर्वराजा ज्ञानेन्द्रसँग भेटवार्ता गरेका हुन् ।

निर्वाचनमा अनपेक्षित हार बेहोरेका थापाले पार्टीको कार्यकर्ता भेटघाटको निहुँमा पूर्वराजालाई चुनावी नतिजाबारे औपचारिक जानकारी गराएका छन् । थापाले पूर्वराजालाई वर्तमान राजनीतिक अवस्था र राप्रपाको रणनीतिका विषयमा पूर्वराजा शाहसँग छलफल गरेको राप्रपा स्रोतले जनाएको छ। बिहीबार बाँकेमा आएका पूर्वराजाले शुक्रबार यहाँका उद्योगी, व्यवसायी, विभिन्न नागरिक समाजका अगुवासँग भेटघाट गरेका थिए ।

‘पूर्वराजा र यहाँ हुँदा म नआउने भन्ने होइन, म आफ्नो कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएको हुँ’, अध्यक्ष थापाले भने, ‘म आउँदा पूर्वराजा समेत भएकाले भेट गर्न गएको हुँ, उहाँ यही हुँदा मेरो भेट गर्नु कर्तव्य पनि हो । नितान्त रुपमा उहाँसँग वर्तमान राजनीतिक अवस्था र राप्रपाले निर्वाचनबाट बेहोरेको हारपछि अगाडि बढाउने नयाँ रणनीनितिका विषयमा छलफल भएको छ ।’

शनिबार साँझ पत्रकार सम्मेलनमा थापाले सञ्चारकर्मीसँग राजासँगको भेटलाई राजनीतिक नभई सम्बन्धका हिसाबले हेर्न आग्रह गरे । उनले पूर्वराजासँग शिष्टाचार भेटघाट भएको र छलफल पनि शिष्टाचार नै भएको बताए । ‘उहाँले पनि हाम्रो चुनावी परिणाम र राप्रपाको आगामी कार्यदिशाको विषयमा सोध्नुभयो, सबैले उहाँलाई राजनीतिक भ्रमण भने पनि भेट गरेपछि मलाई त्यस्तो लागेको छैन।’

राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डालाई जनताले अस्वीकार गरे

अध्यक्ष थापाले निर्वाचनको पराजयका कारण कार्यकर्ता निराश भएका कारण आफू देशभरमा कार्यकर्तालाई हौसला प्रदान गर्न दौडिरहेको बताए । कार्यकर्तालाई निर्वाचनको परिणामबाट कत्ति पनि नआत्तिन थापाले अनुरोध गरेका छन् । ‘हामीले सोचेका पनि थिएनौं, तीन प्रतिशत भन्दा कम मत आउँछ भनेर,’ उनले भने, ‘यो परिणामले कार्यकर्तामा केही निरशा छाएको छ । तर, आत्तिनुपर्दैन एकपटक लडेपछि फेरि उठ्न सकिन्छ ।’

पटक–पटक सरकारमा जाने प्रवृतिले गर्दा राप्रपा खुम्चीएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष थापाले भने, ‘पक्कै पनि जनताले त्यही सोचेर नै सडकमा पु¥याएका होलान, अब हामी सच्चिएर अगाडि बढ्ने छौं ।’ उनले राप्रपा सरकारमा बसेर भन्दा पनि सडकबाट संघर्ष गरोस भन्ने जनताको चाहना भएकाले निर्वाचनमा पराजय भोग्नुपरेको अनुभव सुनाए ।

राप्रपाको हारले देशमा हिन्दु धर्म र राष्ट्रियता संकटमा परेको अध्यक्ष थापाको भनाइ छ । उनले अब बस्ने केन्द्रीय समिति बैठकले चुनावी समीक्षा गर्ने बताए । राप्रपाको समीक्षा बैठक १९, २० र २१ गते बस्दै छ । ‘हामीले हिन्दु राष्ट्र र राष्ट्रियताको एजेण्डा बोक्दा ग्रहदशा बिग्रियो, जनताले सडकमा ल्याए । यी एजेण्डा अहिले कमजोर भएका छन्, अब सडकबाटै एजेण्डा स्थापित गर्न संघर्ष गर्छौं ।’ – अन्नपूर्ण पोष्ट दैनिक

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार